1) Bichar Bigyan by Khaptad Swami
इन्द्रियेभ्यः परं मनो मनसः सत्वमुत्तमम् । सत्वादपि महानात्मा महतोSव्यक्तमुत्ततम् ।। अव्यक्तस्तु परः पुरुषो व्यापकोSलिङ्ग एव च ।
”इन्द्रियहरुभन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा महत्व पर छ र महत्वभन्दा अव्यक्त नाम प्रकृति पर छ, प्रकृतिभन्दा पुरुष पर छ । यसरी एकभन्दा अर्को बढी सूक्ष्म र बलवान् छ ।
विचारको वेग
विचार बिजुलीभन्दा पनि अधिक वेगवान् छ । बिजुली एक सेकेन्डमा सातपटक पृथ्वीको परिक्रमा गर्न सक्छ तर विचारहरुको गति त्योभन्दा पनि तीव्र छ, किनभने विचारहरुका परमाणु बिजुलीभन्दा पनि अति सू क्ष्म र बलवान् हुन्छन् । बिजुली आदि तत्वहरुभन्दा आफ्नो नजिकै खिच्न तथा टाढा पठाउनमा ज्यादा श्रम पर्दैन ।
यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरुलाई शु द्ध बनाउने अभ्यास गर । तिम्राविचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन् तब तिम्रो तेज, बल, आरोग्य र ऐश्वर्य आफै बढ्नथाल्नेछ । त्यसबाट तिमीलाई अत्यन्त आनन्द र असीम शान्ति प्रतीत हुन थाल्नेछ र तिम्रो जन्म सफल हुनजानेछ । विचार भिन्न–भिन्न प्रकृतिका हुन्छन् । हामी तिनलाई राम्रा नराम्रा दुई श्रेणीमा विभक्त गर्न सक्छौ ।प्रथम कोटिमा विश्वास, प्र ेम, धैर्य, आनन्द, आशा, दया, स्नेह, पवित्रता र साहसको गणना हुन्छ । यदिहामीमा यी गुण छन् र हामी तिनलाई काममा ल्याउँछौ ं भने शरीरको विधानमा ती हामीलाई स्वस्थ रबलिष्ठ बनाउनमा सहायक हुने कुरा प्रतीत हुनेछ । दोस्रो कोटिमा घृणा, दुःख, बिलता, अधीरता, क्रोध,निष्ठुरता, अपवित्रता, काँतरता र निराशा आदि पर्दछन् । मनुष्यमा यीमध्ये एक वा दुई दुर्गु ण मात्र पनिशारीरिक स्वास्थ्य नाश गर्न र असमयमा बुढ्याइँ ल्याउनमा समर्थ हुन्छन् । क्रोधको प्रत्येक उत्थान आयुलाई घटाउने र रोग बढाउने हुन्छ । यसै प्रकारले धैर्य, प्र ेमादिको प्रत्येक कार्यले आयु बढाउँछ र शरीरलाई स्वस्थर बलिष्ठ बनाउँछ ।
2) The Monk who his Ferrari by Robin Sharma
My favorite lines from the book: “John, on your deathbed you will never wish you spent more time at the office.” So I started spending a little more time at home. I settled into a pretty good, if ordinary, existence. I joined the Rotary Club and played golf on Saturdays to keep my partners and clients happy. But I must tell you, in my quiet moments I often thought of Julian and wondered what had become of him in the years since we had unexpectedly parted company.