
लेखन कहिल्यै पनि मेरो लागि सजिलो रहेन। जब कसैले मलाई कुनै निश्चित विषयमा लेख भन्न्छ, तब म अलिक डराउँछु। तर, मेरो डायरीमा भने म सहजै लेख्छु, जसले कहिलेकाहीँ मलाई आफैंलाई पनि अचम्म पार्छ। तर ती कुरा सार्वजनिक गर्न भने मलाई डर लाग्छ, किनभने त्यहाँ लेखिएका धेरै कुरा निकै व्यक्तिगत हुन्छन्।
म प्रायः सोचिरहन्छु—मैले डायरीमा त्यस्तो के लेख्छु जसलाई बाहिर ल्याउन डर लाग्छ? यसको उत्तर साधारण छ—म प्रायः भावनात्मक शैलीमा लेख्छु। र कहिलेकाहीँ आफैंले लेखेको कुरा पढ्दा म चकित हुन्छु, “अरे बाप रे! के यो साँच्चै मैले नै लेखेको हुँ?”
म कहिलेकाहीँ आफैंलाई बुझ्न मुस्किल पर्छ। कहिले म धेरै मिलनसार र बहिर्मुख जस्तो लाग्छु, त कहिले पूर्णतः अन्तर्मुख भएर आफ्नै विचारमा हराउँछु। मेरा साथीहरूले मलाई रमाइलो, हास्य गर्ने मान्छे भन्छन्, तर म प्रायः आफूलाई अलिक अचम्मको मान्छे ठान्छु—किनभने मलाई परिभाषित गर्ने एउटै गुण छैनजस्तो लाग्छ।
सायद म त्यही हुँ—विरोधाभासहरूको मिश्रण, अझै आफैंलाई पत्ता लगाइरहेको मान्छे, डायरीका पानाहरूमा बिस्तारै लेखिँदै।