This is something that was once performed in a theater long ago. It was written by one of our relatives for the play, and I am writing it down as accurately as I remember, without attempting to alter the main theme.

ठ्याउके दिक्क थियो आफ्नो नाम को कारणले ।" बुवा आमा ले किन राखे होलान मेरो यस्तो नाम्", यस्तै प्रकार ले सोच्दा सोच्दै उसले बाटो मा एउटा आइमाइलाई झाडु लगाइरखेको देख्यो र उसको मनमा यस्तो बिचार आउन थाल्छ,"यदी मैले यो आइमाइ सँग नाम साटे भने राम्रो हुने थियो" । यती बिचार गरी उसले आइमाइ सँग नाम सोध्यो र आफ्नो उद्देष्य प्रस्ट पार्यो । आइमाइको नाम लक्ष्मी थियो र दुबै जना बिच नाम साट्ने सहमती भयो र उसले खुशी भएर भन्यो,"आजदेखी तिम्रो नाम ठ्याउके र मेरो नाम लक्ष्मी कसैले सोध्यो भने यस्तै भन्नु" । दुबै जनाले गाँउ भरी आफ्नो नाम साटिएको बारे मा जानकारी गराउन थाले तर फेरी पनि गाँउलेहरुले उसलाई ठ्याउके भन्न छोडेनन । फेरी उस्ले एकजना भिकारी सँग नाम साटेछ । भिकारी को नाम धनपती रहेछ तर पनि गाँउलेहरुले उसलाई ठ्याउके भन्न फेरी पनि छोडेनन । एकदिन उसले एउटा मलामी जानलागेका मान्छेहरु लाई मरेको मान्छे को नाम सोध्यो र मरेको मान्छे को नाम साट्नु उपयुक्त ठान्यो । त्यो मरेको मान्छे को नाम अमर थियो ।अब उ फेरी सोच्न थाल्यो,"अब त सायद मलाई सबै जना अमर भन्छन होला,किनभने अमर नाम को मान्छे त मरिसक्यो",तर फेरी सबै जना उस्लाई ए ठ्याउके, ए ठ्याउके भन्न थाले । अन्तिम मा आएर उसले यस्तो बिचार गर्न थाल्यो:
लक्ष्मी देवी झाडु लगाए
धनपती मागे भिख ।
अमर जैसा मर गया तो
मेरो नाउ ठ्याउके ठिक ।।
त्यस दिन देखी उसले आफ्नो नाम जे छ त्यही नै ठीक छ भन्ने निस्कर्ष निकाल्यो ।